तनहुँमा वार्षिक १७ लाख लिटर दूध बिक्री « Khabarhub

तनहुँमा वार्षिक १७ लाख लिटर दूध बिक्री


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ तनहुँले वार्षिक १७ लाख लिटर दूध बिक्री गर्ने गरेको छ । व्यास नगरपालिका–११ रानीगाउँस्थित कार्यालय रहेको सङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

सङ्घले यसबाट दुग्ध उत्पादक कृषकलाई वर्षिक रु १० करोड प्रदान गर्ने गरेको छ । सङ्का अनुसार एक हजार एक सय ५४ कृषक दुग्ध उत्पादक सङ्घमा आबद्ध छन् । कृषकले उत्पादन गरेको दूध बिक्री हुँदा रु चौध करोड बराबरको आर्थिक कारोबार भएको सङ्घका व्यवस्थापक राजु भुजेलले जानकारी दिए ।

रु १० करोड कृषकको हातमा फर्काउन सफल भई सङ्घले रु ३८ लाख मुनाफा गर्न सफल भएको उनले भने । दुई वर्षअघि दैनिक चौध हजार लिटर दूध सङ्कलन गर्दै आएको उक्त सङ्घले अहिले चार हजार पाँच सय लिटर दूध सङ्कलन गर्दै आएको छ । कोभिड र महँगो दाना चोकरका कारण कतिपय व्यावसायिक फार्म बन्द भइसकेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ तनहुँका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिए ।

केही व्यावसायिक कृषकले पनि सङ्ख्या घटाएर गाईभैँसी पाल्ने गरेका कारण दूध उत्पादन ह्वात्तै घटेको उनले बताए ।

दुग्ध उत्पादक कृषकको लागत प्रतिलिटर रु ८१ रहेको छ भने दूधको गुणस्तरको आधारमा प्रतिलिटर रु ६८ सम्म सहकारीले दिनेछ । उनले भने , “लागत बढी पर्न गएपछि कृषकले बाध्य भएर व्यवसाय छाड्ने अवस्थामा पुगेका छन् ।”

नेपाल सरकारसँग पटकपटक कृषक मारमा परेकाले दूधको उचित मूल्य वृद्धि गर्न आग्रह गरे पनि बेवास्ता गर्दै आएकाले कृषक निराश हुने अवस्थामा पुगेको अध्यक्ष कुँवरले जानकारी दिए।

कृषकको माग सुनुवाइ नभए फागुन १ गतेदेखि दुग्ध उत्पादक सहकारी सङ्घले केन्द्रिय समितिसँग समन्वय गरी स्वघोषित आन्दोलन गर्ने योजना बनाएको उनले बताए।

व्यास–१० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले दूरदराजमा बसेर कृषकले उत्पादन गरेको दूधलाई सहकारी सङ्घले सङ्कलन गरी मिल्क होलिडेको समस्या समाधान गरेको बताए । राज्यले कृषकलाई लागत उत्पादन घटाउने किसिमका कार्यक्रम ल्याएर प्रोत्साहन गर्न नसके विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने खतरा रहेको उनको भनाइ थियोे ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ९ : २७ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा