विकेकशील साझाको महाधिवेशन आज सकिँदै | Khabarhub Khabarhub

विकेकशील साझाको महाधिवेशन आज सकिँदै


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौंमा आज सम्पन्न हुँदैछ ।लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको हिजोबाट सुरु भएको प्रथम महाधिवेशन आज सम्पन्न हुन लागेको हो ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेशनको नयाँ नेतृत्वका लागि पार्टीका केन्द्रीय नेता समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् ।

तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन्। नेता मिलन पाण्डको अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ ।

महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गर्नेछ। महाधिवेशनमा देशभरबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि सहभागी छन्।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ६ : ४७ बजे

नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो

चित्रकला र पुस्तकालय एकापसमा परिपूरक : मन्त्री पन्त

काठमाडौं– अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान

विपिनका परिवारले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह

काठमाडौं– प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको

शिक्षा विधेयकमा सुमना श्रेष्ठका तीन असहमति 

काठमाडौं– संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा

सेवाग्राहीको हातमा २४ घण्टाभित्रै ड्राइभिङ लाइसेन्स !

काठमाडौँ – महिनौँ या वर्षदिन भन्दा पनि अघि ट्रायल पास