'पिरिम नलाउने' गीतको भ्युज १० करोड नाघ्यो | Khabarhub Khabarhub

‘पिरिम नलाउने’ गीतको भ्युज १० करोड नाघ्यो


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक आशिष सचिन र गायिका मेलिना राईको स्वर रहेको ‘पिरिम नलाउने’ बोलको गीतको भिडियोले युट्युबमा १० करोड भ्युज पाएकोमा खुशियाली मनाइएको छ।

पिरिम नलाउने टिमले काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र ओएसआर डिजिटलका महाप्रबन्धक ओम अग्रवालको हातबाट केक काटेर १० करोड भ्युज पाएकोमा खुशीयाली मनाएको हो ।

सो अवसरमा वरिष्ठ संगीतकार बास्कोटाले निर्माण युनिटको खुलेर तारिफ गर्दै मनमुटुमा बस्न सफल गीत नेपाली दर्शकलाई दिनु प्रशंसाको विषय भएको बताए । उनले गायक आशिष र संगीतकार दीपक शर्माको जमेको जोडीको पनि प्रशंसा गर्न छुटाएनन् । गायक आशिषले १० करोड क्लब तथा नेपालको सबैभन्दा बढी हेरिनेमा चौथो स्थानमा आफ्नो गीत पर्दा खुशीको सिमाना नरहेको बताए । उनले ‘पिरिम नलाउने’ को सफलताले अझै राम्रो गीत दिनुपर्ने जिम्मेवारी थपेको बताए ।

संगीतकार शर्माले आफ्नो सृजना पिरिम नलगाउने सबैको प्रिय बन्दा आँफु पनि सबैको मन मनमा जोडिन पाएकोमा खुसी व्यक्त गरे । भिडियोका निर्देशक सुब्रतराज आचार्यले आफूलाई फेरि पनि यस्तै काम गर्न मन लागेको भन्दै ५ वर्षअघि भिडियो छायांकन गरिएको फर्पिङको डाँडाको नाम नै पिरिम नलाउने डाँडो राखिएको रोचक किस्सा सुनाए ।

गायक हिमाल सागर, वरिष्ठ फिल्म सम्पादन नरेन्द्र खड्का लगायतको उपस्थिति रहेको कार्यक्रममा गीतसँग सम्बन्धित सबै पक्षलाई मायाको चिनो तथा सम्मान पत्र प्रदान गरिएको थियो । ओएसआर डिजिटलबाट रिलिज गरिएको पिरिम नलाउनेमा नायिका वर्षा राउतसँगै गायक आषिशको अभिनय रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज, उत्सब दाहालको छायांकन, नबिन निरौलाको सम्पादन रहेको छ । जसमा गम्भिर विष्टको कोरियोग्राफी रहेको छ ।

हेर्नुस् भिडिओ

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ८ : ३४ बजे

माछा बेचेर ६ लाख १७ हजार रुपैयाँ राजश्व संकलन

मकवानपुर– मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले आर्थिक वर्ष (आव) २०८१–८२

८१ वर्षको उमेरमा नागरिकता 

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका– १ की ८१ वर्षीया कालमाया

घृणा जगाएर अमर बनेका ‘शकुनी’

भारतीय टेलिभिजनको इतिहासमा एक यस्तो पात्र छन्, जसको एक मुस्कान,

सुख्खाग्रस्त मधेशमा वर्षा, किसानलाई राहत

महोत्तरी– लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसान वर्षा भएसँगै

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

सिरहा– सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो