खोटाङको खार्पामा १० शय्याको अस्पतालको निर्माण कार्य अधुरै « Khabarhub

खोटाङको खार्पामा १० शय्याको अस्पतालको निर्माण कार्य अधुरै


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित १० शय्याको अस्पताल निर्माण कार्य अधुरै छ । अस्पताल निर्माणका लागि गाउँपालिकाले तयार पारेको विस्तृत परियोयोजना प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत नगरेका कारण अस्पताल निर्माण अधुरै रहेको हो ।

प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने सरकारको नीतिअनुसार खार्पामा अस्पताल निर्माणका लागि सरकारले गाउँपालिकालाई नक्सा पठाएको थियो । सात करोड ५७ लाख ५१ हजार रुपैयाँको लागतमा ३७ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमा महादेव खिम्ती–अन्जान रुजन जेभीले निर्माणको ठेक्का लिएको थियो । विसं २०७७ मङ्सिर १५ मा स्वास्थ्य चौकीलाई दश शय्याको अस्पतालमा रुपान्तरण गर्ने गरी तत्कालीन सांसद विशाल भट्टराई र तत्कालीन गाउँपालिका प्रमुख लीलानाथ निरौलाले भवनको शिलान्यास गरेका थिए ।

भवन निर्माणको करिब २० प्रतिशत काम सकिएपछि मापदण्डअनुसार डिपिआर नभएको पाइएको निर्माण कम्पनीका प्रतिनिधि ध्रुव श्रेष्ठले बताए । निर्माण कम्पनीले ९० लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । गत जेठदेखि भवन निर्माण ठप्प छ । नयाँ डिपिआर स्वीकृत हुने बित्तिकै काम अघि बढ्ने श्रेष्ठको भनाइ छ ।

रावाबेँसीसँगै जिल्लाका चार स्थानीय तहमा २०७७ मङ्सिरमा एकसाथ अस्पताल भवन शिलान्यास गरिएको थियो । अन्य स्थानीय तहमा पनि भवन निर्माणाधीन अवस्थामा छन् । साकेला र केपिलासगढी गाउँपालिकाले भने स्थानीयस्तरमा अस्पताल निर्माण गरिरहेका छन् । दिप्रुङ चुइचुम्मा, खोटेहाङ र बराहपोखरीमा हालसम्म अस्पताल नयाँ निर्माण हुन सकेको छैन ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ५ : ३२ बजे

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर