परराष्ट्रमन्त्री पौड्याल र नर्वेकी राजदूत ड्राम्डलबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री पौड्याल र नर्वेकी राजदूत ड्राम्डलबीच भेटवार्ता


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच आइतबार भेटवार्ता भएको छ । राजदूत ड्राम्डल मन्त्री पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्न सिंहदरबार पुगेकी थिइन् । दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

यस अवसरमा शिक्षा, स्वास्थ्य, लैंगिक सहभागितालगायत क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि परराष्ट्रमन्त्री पौड्यालले नर्वेजियन सरकारलाई धन्यवाद दिएकी थिइन् । राजदूत ड्राम्डलले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिबद्धता जनाइन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ९ : ४० बजे

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित