चिसापानी बजारबाट भारी मात्रामा म्याद गुज्रेका खाद्यवस्तु जफत « Khabarhub

चिसापानी बजारबाट भारी मात्रामा म्याद गुज्रेका खाद्यवस्तु जफत


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा भारी मात्रामा म्याद गुज्रेका खाद्यवस्तु फेला परेको छ।

बजार अनुगमन अधिकृत रहेका इलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख मोहनबहादुर राई संयोजकत्वको अनुगमन टोलीले आइतबार गरेको बजार अनुगमनका क्रममा ३९ हजार ३०८ रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थदेखि, बिस्कुट, चिउरा, खानेतेल, सस, मसला, फुरन दाना लगायतका खाद्य सामग्री जफत गरेर नष्ट गरेको छ।

बजार अनुगमनका क्रममा म्याद नाघेको खानेतेल, चिजवल, सस, एचवि बम, कुरुम चिउरा, धुलो खुर्सानी, बेसार, मिक्स मसला, जिरा, हजमोला, सरफ, मेहेन्दी, भ्यासलिन, लिपगार्ड, फुरन दाना, बिस्कुट, सुजी, आटा, सन्चो लगायतका २६ प्रकारको सामग्री फेला परेको अनुगमन टोलीले जनाएको छ। गाउँपालिकाको केन्द्रका रुपमा रहेको चिसापानी बजारमा ७ हजार ७४० रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थ भेटिएको थियो।

म्याद नाघेको सामग्रीलाई संकलन गरेर चिसापानीकै विपि चोकमा जलाएर नष्ट गरिएको खोटेहाङ गाउँपालिका उपाध्यक्ष एवं गाउँपालिकाका अनुगमन समिति संयोजक रुपेश राईले बताए।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : ४० बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा