रक्षामन्त्री उप्रेती र भारतीय समकक्षी राजनाथ सिंहबीच भेट « Khabarhub

रक्षामन्त्री उप्रेती र भारतीय समकक्षी राजनाथ सिंहबीच भेट


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दिल्ली– पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतीय समकक्षी राजनाथ सिंहलाई भेटेका छन् । सो भेटमा दुई देशबीचको आपसी हित र चासोको विषयमा छलफल भएको छ । 

पाँच दिने भारत भ्रमणका लागि मन्त्री उप्रेती आइतबार दिल्ली पुगेका थिए । पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि नेपालबाट विदेश भ्रमण गर्ने उनी दोस्रो मन्त्री हुन् । यसअघि परराष्ट्र मन्त्री विमला राई श्रीलंका गएकी थिइन् । उनी श्रीलंकाको स्वतन्त्र दिवसमा भाग लिएर फर्किसकेकी छिन् । 

मन्त्री उप्रेती बेंगलुरू कर्नाटकमा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’ को १४औं संस्करणमा सहभागी हुनेछन । 

मन्त्री उप्रेतीसँगै नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि भारत भ्रमणमा पुगेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  २ : ०२ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका