पूर्वराजा शाहद्वारा नागरिक बचाउ अभियानको उद्घाटन | Khabarhub Khabarhub

पूर्वराजा शाहद्वारा नागरिक बचाउ अभियानको उद्घाटन


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले झापाका दुर्गा प्रसाईंले सुरु गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको सोमबार उदघाटन गरेका छन् । सरकारले जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको दिन शाहले पानसमा बत्ति बालेर तथा परेवा उडाएर अभियानको उदघाटन गरेका हुन् ।

कार्यक्रम स्थतलमा पुगेका पूर्वराजा शाह आधा घण्टा बसेर फर्किएका थिए । उनले त्यहाँ कुनै सार्वजनिक अभिव्यक्ति दिएनन् । मेचीनगर नगरपालिका(६ को प्यारिभिट्टामा आयोजित समारोहमा महाअभियान सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रममा शाहकी श्रीमती कोमल शाह, छोरा पारश शाह र छोरी शिताष्म शाहको सहभागिता थियो । पूर्वघोषित कार्यक्रम अनुसार शाह परिवार दिउँसोको २ बजे कार्यक्रम स्थल आइपुगेको थियो । उनीहरू त्यहाँ आधा घण्टामात्रै बसेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ३८ बजे

राजावादी आन्दोलनमा ध्वस्त जडिबुटी कम्पनी तङ्ग्रिँदै (तस्बिरहरू)

काठमाडौं– गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको

‘बाढीले गाउँबस्ती डुबानमा पर्ने समस्या हट्यो’

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मा हुँदै आएको डुबान र

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्यमा गिरावट देखिएको छ । साताको दोस्रो दिन

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६