लुम्बिनी प्रिमियर लिग : नेपाल र भारतका ३२ टिम सहभागी | Khabarhub Khabarhub

लुम्बिनी प्रिमियर लिग : नेपाल र भारतका ३२ टिम सहभागी


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

भैरहवा – बुद्ध जन्मस्थल लुम्बिनीमा पाँचौं पडरीया लुम्बिनी प्रिमियर लिग क्रिकेट (पिएल पिएल ) टुर्नामेन्ट सुरु भएको छ । लुम्बिनी नव युवा क्लब पडरियाको अयोजनामा लुम्बिनी विकास कोषको खेलमैदानमा नेपाल र भारतका ३२ टिमको सहभागितामा इण्डो नेपाल नकआउट क्रिकेट प्रतियोगिता सूरु भएको हो ।

प्रतियोगिताको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमानले उद्घाटन गर्दै क्रिकेट खेल अहिलेको युवाहरूको आकर्षण भएकोले स्थानीय सरकार क्रिकेटको विकासमा सहकार्य गर्दै आएको बताए । क्रिकेटको उर्भरभूमि रहेको रुपन्देहीबाट थुप्रै खेलाडी उत्पादन भइ जिल्ला र राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै गइरहेकोले यो खेलले पनि खेलाडीको विकाससँगै नेपाल र भारतका खेलाडी साथीबीच प्रतिस्पर्धात्मक र भाइचाराको सम्बन्ध कायम गर्नमा सहयोग पुग्ने बताए ।

प्रतियोगितामा नेपाल र भारत तर्फबाट १६–१६ टिम बीच प्रतिस्पर्धा हुने आयोजक संस्था लुम्बिनी नव युवा क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिए । नकआउट चरणमा हुने खेल देशबीच प्रतिस्पर्धा हुने गरी तालिका बनाइएको छ । प्रतियोगितामा भारतको गोरखपुर, आजमगढ, लखनउ, बढनी, ककरहवा, उस्का आजमगढ लगायतका टीमले सहभागिता जनाएका छन भने नेपाल तर्फबाट रुपन्देही, गुल्मी, कपिलवस्तु र नवलपरासीका टीमहरु बीच प्रतिस्पर्धा हुनेछ । विगत ४ वटा प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको यो प्रतियोगिताले यस क्षेत्रको खेलाडीहरुमा विकाससगै अनुशासनमा रुपान्तरण गरेको छ । १५–१५ ओभरमा दैनिक २ वटा प्रतियोगिता हुने अध्यक्ष हुसेनले बताए ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले ८० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै बेष्ट ब्याट्सम्या र बेष्ट बलर लाई तीन हजार नगद , अनुशासित टिमलाई ५ हजारले पुरस्कृत गरिने खेल संयोजक मोहम्मद सरिफले बताए । म्यान अफ द सिरिजमा भने यस पटक रेन्जर साइकल राखिएको छ भने प्रत्येक खेलको म्यान अफ द म्याच र गेम चेन्जर खेलाडीलाई नगद ५–५ सयले पुरस्कृत गरिने आयोजकले जानकारी दिएका छन् ।

उद्घाटनको अवसर पारेर पहिलो दिन २ वटा खेल सम्पन्न भएको छ । पहिलो खेल जावेद स्टार र सन्तकविर नगरबीच भएकोमा जावेद स्टार ८ विकेटले विजयी भएको छ । त्यस्तै दोस्रो खेल लुम्बिनी युथ क्लब र मर्चवार स्टारबीच भएकोमा २५ रनले मर्चवार स्टार विजयी भएको छ । भोली मंगलबारको खेल रोहिणी स्टार धकधई र होटल पवन प्यालेज र दोस्रो खेल ओजश कन्सट्रक्शन र जय विष्णु विल्डर्सबीच हुने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : २१ बजे

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन

बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ

काठमाडौं– बंगलादेशको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका वरिष्ठ नेताले भारतसँग मिलेर

‘घरमै सुरक्षित छैनन् छोरी’

गोरखा – गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि