वाचा होइन महसुस हुने गरी काम गरौँ : उपसभापति गुरुङ « Khabarhub

वाचा होइन महसुस हुने गरी काम गरौँ : उपसभापति गुरुङ


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले जनतामाझ वाचा नभई महसुस दिलाउने गरी काम गर्नुपर्ने बताएका छन्।

स्याङ्जाको वालिङमा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं गौ संरक्षण महायज्ञ–२०७९ को उद्घाटन गर्नुहुँदै उनले वाचाभन्दा पनि जनताले महसुस हुने काम वा परिवर्तन चाहेको बताएका हुन् ।

“जनतामाझ जे गर्न सकिन्छ त्यही मात्रै बोल्नुपर्छ र बोलेका कुरा पूरा पनि गर्नुपर्छ”, उनले भने, “जनतालाई झुटा आश्वासन मात्रै बाँड्नु हुन्न भन्ने पक्षमा म छु, जे गर्नसक्छु त्यही बोल्छु, नसक्ने बोल्दिनँ ।”

जनताले नेतृत्वबाट महसुस हुने गरी देखिने गरी परिवर्तनको अपेक्षा गरेकाले जनताका चाहनालाई सकिने जति सम्बोधन गर्नुपर्नेमा उनको जोड छ । “म जनतामाझ कुनै वाचा गरेर जान्नँ, केही वाचा गर्दिनँ”, उनले भने , “जे सक्छु त्यो महसुस दिलाउने र देखिने गरी गर्छु, त्यो काम सकिएपछि मात्रै देखिन्छ ।”

उनले आमासमान रहेकी गौमाताको संरक्षण गर्नका लागि आयोजना गरिएको महायज्ञको सफलताको शुभकामना व्यक्त गर्दै आफ्नोतर्फबाट जे सकिन्छ त्यही सहयोग गर्ने बताए ।

गण्डकी प्रदेशसभा सदस्यहरू भोजराज अर्याल, सरस्वती अर्याल तिवारी, कल्पना तिवारी, महेश भट्टराई, पूर्वसांसद शङ्करप्रसाद पाण्डे, वालिङ नगरप्रमुख कृष्ण खाँण, गण्डकी प्रदेशसभाका पूर्वसदस्य मोहन रेग्मीलगायतले व्यवस्थित गौशाला सञ्चालनका लागि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

बढ्दो आधुनिकतासँगै गाईपालनतर्फ रुचि हराउँदै गएकाले गौमाताको संरक्षण गर्ने मुख्य उद्देश्यसहित धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम वालिङ–८ काफलडाँडाले महायज्ञको आयोजना गरेको हो ।

बाटोघाटोमा गाईलाई छाडा छोडिदिँदा सम्भावित सवारी दुर्घटनाका साथै खेतबारीमा बालीनाली खाइदिने समस्या भएपछि गाईको संरक्षण तथा व्यवस्थापनका लागि महायज्ञ सञ्चालन गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीपप्रताप खाँणले बताए ।

“यसअघि स्वर्गाश्रममा गौशाला निर्माण गरी सञ्चालन गरिए तापनि चरनको अभावका कारण काफलडाँडामा गौशाला स्थानान्तरण गरेका छौँ”, संयोजक खाँणले भने, “अब यहाँ स्थानान्तरण गरिएको गौशालाको दिगो व्यवस्थापनका लागि महायज्ञ गरेका हौँ, उठेको रकमबाट अक्षयकोष स्थापना गरी गौशालाको व्यवस्थापनमा खर्च गर्छौं ।”

काफलडाँडामा प्रशस्त चरन रहेकाले पनि गाईपालनका लागि खर्च कम हुने उनको विश्वास छ । संयोजक खाँणको संयोजकत्वमा एक हजार पाँच सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । गौशालामा हाल एक सय २६ गाई रहेका छन् । गाई हेर्ने गोपाल र दानापानी, औषधोपचारका लागि हाल मासिक रु एक लाख खर्च लाग्ने गरेको छ । खर्चको अभावका कारण गौशाला सञ्चालनमा समस्या भएपछि दिगो व्यवस्थापनका लागि अक्षयकोष स्थापना गरी सोहीमार्फत खर्च जुटाउने लक्ष्य आयोजकको रहेको छ । आजदेखि सुरु भएको महायज्ञ आगामी आइतबार सकिनेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : १४ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै