कर्मचारी अभावमा अनुसन्धान प्रभावित « Khabarhub

कर्मचारी अभावमा अनुसन्धान प्रभावित


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लामो समयदेखि प्राविधिक कर्मचारीहरू रिक्त हुँदा धनकुटाको राष्टिङय सुन्तला जात अनुसन्धन कार्यक्रम प्रभावित भएको छ ।
विसं २०१८ मा धनकुटा नगरपालिका–१० पारिपात्लेमा कृषि अनुसनधान केन्द्रका रूपमा स्थापित यस केन्द्रलाई २०५२ सालपछि सम्पूर्ण अमिलो जात फलफूलको अनुसन्धानको जिम्मा दिइएको थियो ।

तर अनुसन्धानका लागि आवश्यक कुल ३७ दरबन्दी मध्ये २९ जना रिक्त हुँदा केन्द्रको सबै अनुसन्धानका काम प्रभावित भएको कार्यालय प्रमुख उमेश आचार्यले जानकारी दिए ।

विसं २०७३ मा केही पदपूर्ति गरेर १९ जना कार्यरत रहिआएकोमा त्यसपछिका वर्षहरूमा बाँकी कर्मचारीको आपूर्ति नहुँदा हाल नौ जना कर्मचारीको भरमा कार्यालय चलाउनुपरेको आचार्यले जानकारी दिए ।

“कर्मचारी पदपूर्तिसम्बन्धी विनियम संशोधन नहुँदा दरबन्दी पूर्ति हुनसकेको छैन, भएका कर्मचारीहरू पनि सरुवा तथा सेवानिवृत्त भएर जाँदा थप पद रिक्त रहेको छ”, उनले भने ।

कृषि मन्त्रालयअन्तर्गत कृषि अनुसन्धान परिषद्मार्फत सञ्चालित केन्द्रका १३ रिसर्चर अफिसरसहित ३४ प्राविधिकको दरबन्दीमा हाल अनुसन्धानमा दुई प्राविधिक, चार सहायक प्राविधिकसहित चालक, लेखापाल र प्रशासनबाहेक अन्य पद रिक्त रहेको छ ।

पदपूर्ति गर्न सरकारलाई पत्रचार गरे पनि विनियम संशोधन गर्न लोकसेवा आयोग, कानून मन्त्रालय, सामान्य प्रशासन र अर्थ मन्त्रालयसँगको रायहरु निष्कर्षमा पुग्न नसक्दा रिक्त दरबन्दी पूर्तिमा ढिलाइ भइरहेको आचार्यले जानकारी दिए ।

“प्राविधिक नहुँदा जिल्लाको मात्र हैन देशभरिको अनुसन्धान प्रभावित भएको छ”, आचार्यले भने, “अरु जिल्लाबाट आइदिनुप¥यो भन्छन्, कार्यालयमा बस्नु की फिल्डमा जानु ?”

चार सय रोपनी क्षेत्रफलमा फैलिएको यस केन्द्रले हाल सुन्तला, जुनार, कागतीसहित एक सय ५४ जातको अमिलो फलफूलको अनुसन्धान गर्दै आएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : ३० बजे

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर