कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराती | Khabarhub Khabarhub

कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराती


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका नेता सुदन किरातीले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए । मङ्गलबार मोरङको उर्लाबारीमा नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीले आयोजना गरेको बधाई शुभकामना तथा भेटघाट कार्यक्रममा उहाँले स्वार्थ त्यागेर अघि बढ्न सके धेरै कुरा परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे।

निराशाको हुरी चलेको बेला आशा जगाउनुपर्नेमा जोड दिँदै उनले भने, “हिजो जीवन त्याग्नुपर्ने अवस्था थियो, आज निजी स्वार्थलाई तिलाञ्जली दिए पुग्छ ।” उनले सरकारले काम गर्न सकिएन भनेर छुट पाउने अवस्था नरहेको बताए । भ्रष्टाचारको अन्त्य गर्न सबै जुट्न आवश्यक रहेको बताउँदै मन्त्री किरातीले जनतालाई आशा जगाउने गरी काम गर्ने जमर्को गरिरहेको बताए ।

यस्तै एक फरक प्रसङ्गमा मन्त्री किरातीले विराटनगर विमानस्थलमा बन्ने नयाँ टर्मिनल भवन पूर्वी नेपालको हवाई क्षेत्रमा कोसेढुङ्गा उनको दाबी थियो । रु तीन अर्ब खर्चेर बन्ने नयाँ टर्मिनल भवन भैरहवा र पोखराको भन्दा ठूलो, आधुनिक र सुविधा सम्पन्न हुने मन्त्री किरातीको भनाइ छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ८ : २८ बजे

आङखस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया

टक्सार– जिल्ला अस्पताल भोजपुरमा सञ्चालन भएको शिविरमा आङ खस्ने समस्या

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्छ भन्ने अडानमै छौँ : सचेतक पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा

स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य

काठमाडौं- स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

झापा– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार