काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई दिनमा हमास र इस्लामिक जिहादका पाँच लडाकु मारिएको दाबी गरेको छ।
आईडीएफका अनुसार खान युनिस क्षेत्रमा गरिएको हवाई आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादका तीन लडाकु मारिएका छन्। मारिनेमा उक्त समूहका एक उपदस्ता कमान्डरसमेत रहेको इजरायली सेनाले जनाएको छ।
इजरायली सेनाका अनुसार इजरायली सैनिकमाथि आक्रमण गर्ने योजनाबारे छलफल गरिरहेको अवस्थामा उनीहरूलाई निशाना बनाइएको थियो।
त्यस्तै, दक्षिणी गाजाको अर्को क्षेत्रमा गरिएको हवाई आक्रमणमा हमासको सैन्य शाखाअन्तर्गत रफाह ब्रिगेडको नुख्बा फोर्सका दुई सदस्य मारिएको आईडीएफले जनाएको छ।
यसैबीच, गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको छ।
इजरायली सेनाले लडाकु मारिएको दाबी गरे पनि उक्त घटनाबारे हमास र इस्लामिक जिहादको प्रतिक्रिया सार्वजनिक भएको छैन।














प्रतिक्रिया