भ्यागुते रोगको प्रकोपले नाइजेरियामा ४० जनाको मृत्यु | Khabarhub Khabarhub

भ्यागुते रोगको प्रकोपले नाइजेरियामा ४० जनाको मृत्यु


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भ्यागुतेरोग (डिप्थेरिया) को सङ्क्रमणले नाइजेरियामा ४० जनाको निधन भएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले डिसेम्बर २०२२ यता देशका विभिन्न चार राज्यमा सङ्क्रमणबाट ४० जनाको मृत्यु भएको र २१६ सङ्क्रमणका घटनाहरू पुष्टि भएको बताएका छन् ।

नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले उत्तरी राज्य कानोमा ३८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने दक्षिणपश्चिमी राज्य लागोसमा दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । यसैगरी उत्तरपूर्वी राज्य योबेमा दुईवटा सङ्क्रमणका घटना पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । उता दक्षिणपश्चिम राज्य ओसुनमा एउटा सङ्क्रमणको घटना पुष्टि भएको र एकजनाको मृत्यु भएको बताइएको छ ।

कुल २१६ जनामा सङ्क्रमणकप घटना पुष्टि भएकामा १८४ जना चाँहि २ देखि १४ वर्ष उमेरका थिए ।
यसै बीच महामारी फेलिने सन्त्रासपछि एजेन्सीले प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ ।

डिप्थेरिया एक प्रकारको ब्याक्टेरिया सङ्क्रमण हो जुन कोरिनेब्याक्टेरियम प्रजातिको ब्याक्टेरियाले गर्दा मानिसको नाक, घाँटी र कहिलेकाहीँ छालालाई असर गर्छ। डिप्थेरियाका लक्षणहरूमा ज्वरो आउने, नाक बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने, आँखा रातो हुने र घाँटी सुन्निने जस्ता लक्षणहरू पर्दछन्। गम्भीर अवस्थामा, टन्सिल वा घाँटीको पछाडि बाक्लो खैरो वा सेतो दाग देखिन्छ जसले गर्दा सास फेर्न गाह्रोसँग सम्बन्धित छ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १० : २६ बजे

राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल गएराति स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका

आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाऔँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी

राष्ट्रपतिबाट विजयादशमीको शुभकामना 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा देश तथा विदेशमा रहेका

दशैँमा पिङको परम्परा : आत्मबल बढाउने सूत्र

नेपाल सांस्कृतिक, बहुधार्मिक र परम्पराले युक्त भएको देश हो। यहाँ

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी दिन आज सर्वसाधारणलाई टीका