खोलाले बगाउँदा दुई बालकको मृत्यु « Khabarhub

खोलाले बगाउँदा दुई बालकको मृत्यु


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–३ सिरकैयाका १० वर्षीय विकास बञ्जरा र सोही ठाउँका ५ वर्षीय अनिल बञ्जरा रहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार साँझ ४ बजेतिर घरदेखि एक किलोमिटर टाढा रहेको खन्न बाबा खोलामा साथीसँग पौडी खेल्ने क्रममा दुवै बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो ।

बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि खैरापुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीय खोजीकार्यमा जुटेका थिए । घटनास्थलबाट ५० मिटर टाढा साँझ ६ बजेतिर दुवै बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १२ : ३८ बजे

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र