वीरगञ्जलाई पर्यटकीय एवं धार्मिकस्थलको रूपमा चिनाइने « Khabarhub

वीरगञ्जलाई पर्यटकीय एवं धार्मिकस्थलको रूपमा चिनाइने


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वीरगञ्ज महानगरपालिका–१४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा महाआरती गरिएको छ । महानगरले पशुपतिनाथ मन्दिर र मन्दिर परिसरको सौन्दर्य अभिवृद्धिको काम जारी राखेको छ । मन्दिर परिसरमा सोमबार राति जनताको भव्य उपस्थितिमा महाआरती भएको हो ।

सोमबार राति भएको महाआरतीमा काशी विश्वनाथका मुख्य पुजारी पण्डित डा श्रीकान्त मिश्र र जनकपुरधामको जानकी मन्दिरका महन्थ रोशन दास पनि सहभागी थिए । महाआरति अघि मन्दिर परिसरमै प्रवचन समारोहको पनि आयोजना गरिएको थियो । महाआरतीमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, हिन्दूवादी अगुवा, समाजसेवी, उद्योगी व्यवसायीका साथै स्थानीयवासीको पनि उल्लेख्य सहभागिता थियो ।

नेपालमा काठमाडाँैबाहेक पशुपतिनाथको मन्दिर वीरगञ्जको पिपरामा मात्रै रहेको तथा देशको प्रमुख प्रवेशद्वार वीरगञ्जको पिपरामा अवस्थित पशुपतिनाथ मन्दिर र यसको पौराणिक महत्त्वबारे व्यापक प्रचारप्रसार गर्न सकिए यो मन्दिर वीरगञ्जको मात्र नभई मधेस प्रदेशकै प्रमुख धार्मिक गन्तव्यस्थल बन्ने सक्ने विश्लेषक चन्द्रकिशोरले बताए ।

यसका साथै वीरगञ्ज महानगरमा रहेका थुप्रै सार्वजनिक जग्गा र धार्मिक सम्पदाहरू अतिक्रमणमा परिसकेकाले तिनलाई जोगाउन पनि सरकारले ती सार्वजनिक सम्पदाको स्वामित्व महानगरपालिकालाई दिनुपर्ने महानगरप्रमुख सिंहले बताए । उनले महानगरले खोजी कार्य पनि सुरु गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १० : ५३ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा