हिल्साको बाक्लो हिउँ छिचोल्दै सीमा सुरक्षा   « Khabarhub

हिल्साको बाक्लो हिउँ छिचोल्दै सीमा सुरक्षा  


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सीमा जोगाउनका लागि हुम्लास्थित सीमा सुरक्षा चौकी (बिओपी)का सुरक्षाकर्मी हिउँमा गस्ती गर्न बाध्य भएका छन्। नेपाल र चीनको सिमाना हिल्सामा सीमा सुरक्षाका लागि सुरक्षाकर्मी हिउँमा नियमित गस्ती कार्य गर्दै आएका हुन्।

नियमित रूपमा सीमा स्तम्भहरूको अनुगमन हिउँमै गर्नुपर्ने भएकाले गस्ती गर्न बाध्य भएको बिओपी हिल्साका सशस्त्र प्रहरी निरीक्षक रामकुमार महत क्षेत्रीले बताए। नेपाल चीनबीचमा रहेको सिमानामा हिउँमै भए पनि गस्ती गर्नुपरेको हो।

हिल्सामा दुईदेखि तीन फिट हिउँ जमेको कारण त्यहाँ हिउँ छिचोल्नुपर्ने बाध्यता रहेको छ। सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी हिल्साको सीमा सुरक्षा चौकीमा खटिँदै आएका छन्। हिउँ नहुँदा हिल्साबाट यारीसम्म गए पनि अहिले नारा लेकमा बाक्लो हिउँ जमेको कारण चोर लाग्नासम्म मात्र पुग्न सकिन्छ।

बिहान गस्तीमा निस्केको टोली बेलुका मात्र चौकीमा फिर्ता हुने गरेको छ। दैनिक गस्ती निस्कने भएको कारण सुरक्षा व्यवस्थामा हालसम्म कुनै समस्या देखिएको छैन। घाम लागेपछि मात्र हिल्सामा सञ्चार सेवा सुचारु हुन्छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : ३६ बजे

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं– एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’