हिल्साको बाक्लो हिउँ छिचोल्दै सीमा सुरक्षा   | Khabarhub Khabarhub

हिल्साको बाक्लो हिउँ छिचोल्दै सीमा सुरक्षा  


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सीमा जोगाउनका लागि हुम्लास्थित सीमा सुरक्षा चौकी (बिओपी)का सुरक्षाकर्मी हिउँमा गस्ती गर्न बाध्य भएका छन्। नेपाल र चीनको सिमाना हिल्सामा सीमा सुरक्षाका लागि सुरक्षाकर्मी हिउँमा नियमित गस्ती कार्य गर्दै आएका हुन्।

नियमित रूपमा सीमा स्तम्भहरूको अनुगमन हिउँमै गर्नुपर्ने भएकाले गस्ती गर्न बाध्य भएको बिओपी हिल्साका सशस्त्र प्रहरी निरीक्षक रामकुमार महत क्षेत्रीले बताए। नेपाल चीनबीचमा रहेको सिमानामा हिउँमै भए पनि गस्ती गर्नुपरेको हो।

हिल्सामा दुईदेखि तीन फिट हिउँ जमेको कारण त्यहाँ हिउँ छिचोल्नुपर्ने बाध्यता रहेको छ। सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी हिल्साको सीमा सुरक्षा चौकीमा खटिँदै आएका छन्। हिउँ नहुँदा हिल्साबाट यारीसम्म गए पनि अहिले नारा लेकमा बाक्लो हिउँ जमेको कारण चोर लाग्नासम्म मात्र पुग्न सकिन्छ।

बिहान गस्तीमा निस्केको टोली बेलुका मात्र चौकीमा फिर्ता हुने गरेको छ। दैनिक गस्ती निस्कने भएको कारण सुरक्षा व्यवस्थामा हालसम्म कुनै समस्या देखिएको छैन। घाम लागेपछि मात्र हिल्सामा सञ्चार सेवा सुचारु हुन्छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : ३६ बजे

सुरूमै दबाबमा स्कटल्याण्ड, करणले दिलाए नेपाललाई दोहोरो सफलता

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले

भीम रावलबारे ओलीको टिप्पणी- जहिल्यै अराजक, आम्दानी हुने पद खोजिरहन्थे

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०८१ पुस

टेक एण्ड पे प्रावधान बजेटबाट हटाउन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं अर्थमन्त्री

राजनीतिमा फर्किने विद्या भण्डारीको प्रयासले ओली रुष्ट, भने- फलाना आउने रे भनेर हल्ला चलाउनको अर्थ छैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या

लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पले राखे नेसनल गार्ड तैनाथ

लस एन्जेलस- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार लस एन्जलसका सडकहरूमा