लिबियामा पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : राष्ट्रसङ्घ « Khabarhub

लिबियामा पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : राष्ट्रसङ्घ


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ । ८० जना यात्रु सवार जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले लिबियाको तटीय क्षेत्रमा मङ्गलबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ७३ आप्रवासी बेपत्ता भएको र उनीहरुको मृत्यु भएको जनाएको छ ।

राजधानी त्रिपोलीबाट करिब ७५ किलोमिटर पूर्वमा रहेको कास्र–अल–अख्यारबाट ८० जना यात्रु बोकेको डुङ्गा युरोपतर्फ जाँदै थियो ।

हालसम्म ११ जनाको शव फेला परेको लिबियाली रेड क्रिसेन्ट र स्थानीय प्रहरीलाई उद्धृत गरी आइओएमले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले भनेको छ, “लिबियाको तटीय क्षेत्रमा अत्यन्तै गम्भीर अवस्थामा सात जनालाई जीवित उद्धार गरिएको छ । उनीहरूको स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । मध्य भूमध्यसागरीय क्षेत्र विश्वको सबैभन्दा घातक आप्रवासी समुद्री मार्ग हो ।

आइओएमका अनुसार पछिल्लो दुर्घटनामा मृत्यु भएकाको सङ्ख्यासँगै यस वर्षको सुरुदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३० पुगेको छ ।

आइओएमको ‘मिसिङ माइग्रेन्ट प्रोजेक्ट’का अनुसार सन् २०२२ मा उक्त मार्गमा एक हजार ४५० भन्दा बढी आप्रवासीको मृत्यु भएको थियो ।

सन् २०१४ यता त्यहाँ १७ हजारभन्दा बढीको मृत्यु भएको वा बेपत्ता भएको उल्लेख छ ।

आइओएमले खोज र उद्धार क्षमता बढाउन, स्पष्ट र सुरक्षित अवतरण संयन्त्र स्थापना गर्न र खतरनाक यात्रालाई कम गर्न आप्रवासनको लागि सुरक्षित र नियमित मार्गहरू स्थापना गर्न राज्यहरूले ठोस कदम चाल्न आवश्यक रहेको पनि बताएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : १३ बजे

ओलीको अस्पताल योजना लोकप्रियतामै सीमित : घोषणा ३९६, निर्माण ६५ 

काठमाडौं – नेपालमा गणतन्त्र आएपछि चार पटक प्रधानमन्त्री बन्ने अवसर

देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का

बाजुराका किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

बाजुरा– पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण

तनहुँ– ऋषिङ गाउँपालिका– १ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

बालेन फेरि चुनावी अभियानमा झापामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साह