रसुवामा गाई काट्ने पक्राउ « Khabarhub

रसुवामा गाई काट्ने पक्राउ


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गाई काटेको आरोपमा दक्षिणी रसुवाबाट तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कालिका गाउँपालिका–२ काभ्रेटोल निवासी ४४ वर्षीय मुरली बुलुन, सोही वडाअन्तर्गत गुम्बाटोल निवासीद्वय ४८ वर्षीय कान्छा लामा र ६५ वर्षीय सार्की स्याङ्वा रहेका छन् ।

गाईको मासु भाग लगाइरहेको अवस्थामा गएराति १२ः३० बजे एक सय २० केजी मासुसहित कालिकास्थान नजिक काभ्रेटोलबाट ती व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार राष्ट्रिय जनावर गाई काट्न प्रयोग भएको बञ्चरो एक थान एवं दुई थान खुकुरीसमेत घटनास्थलबाट बरामद भएको छ ।

घटनास्थल कालिकास्थानदेखि करिब तीन किलोमिटर उत्तरमा रहेको छ । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानका इञ्चार्ज प्रहरी निरीक्षक राजीव बस्नेतको नेतृत्वमा गएको प्रहरी टोलीले गौ हत्यारालाई नियन्त्रणमा लिएको थियो । रातको ९ बजे व्यक्तिको घरमा गाई काटेर राति १२ बजे भाग लगाउन सुरू भएका बेला बरामद भएको र घटनामा संलग्न अन्य व्यक्तिसमेत हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ०७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्