भूउपयोग योजना अन्तर्राष्ट्रिय कार्यशाला आज र भोलि धुलिखेलमा हुँदै « Khabarhub

भूउपयोग योजना अन्तर्राष्ट्रिय कार्यशाला आज र भोलि धुलिखेलमा हुँदै


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूउपयोग योजना र भूउपयोग प्रशासन विषयमा दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको छ ।

काभ्रेको धुलिखेलमा आज र भोलि आयोजित कार्यशालामा १५० विदेशी विज्ञ र १५० नेपालीको सहभागिता हुने मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जानकारी दिएका छन्। कार्यशालामा विश्व सर्भेयर महासङ्घमा आबद्ध देशका भूमि प्रशासकले आआफ्नो देशको भूमि प्रशासन भूउपयोग नीतिको अवस्था तथा यसका अवसर र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

नेपालले जारी गरेको भूउपयोग नीतिले नेपालको भूमिलाई १० क्षेत्रमा वर्गीकरण गरेको छ । कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, ताल तलैया क्षेत्र, वन क्षेत्र र सार्वजनिक उपयोग क्षेत्रसहित रहेका छन् ।

राष्ट्रिय भूमि नीति, भूमि ऐन र नियमावलीसमेत जारी भएको अवस्थामा आयोजना हुन लागेको यो कार्यशाला नेपालका लागि उपयोगी हुने सचिव डा रेग्मीले बताए । भूमिसम्बन्धी विभिन्न विषयका कार्यपत्र प्रस्तुत हुने कार्यशाला गोष्ठीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ६ : ४६ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर