नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत भारत लगिँदै « Khabarhub

नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत भारत लगिँदै


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार राति एलपीजी ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए । 

उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो । हिजो राति घाइते भएका नेता डा भण्डारीको किर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस)गरेको हो । 

निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  १ : १८ बजे

लिग सञ्चालन गर्न एन्फाले थाल्यो छलफल (तस्बिरहरू)

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन हुने

भोजपुरका माओवादीको आरोप : पार्टी छाडेका सुदनले भ्रम छरे, आवश्यक परे प्रतिवाद गर्छौँ 

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, भोजपुर जिल्ला समन्वय समितिले

हुम्लामा भालुको आक्रमणबाट तीन जना घाइते

सिमकोट– सिमकोट गाउँपालिका–५ को सिममा आज बिहान भालुको आक्रमणमा परी तीन

अमेरिकी बहिष्कारबीच जी२० घोषणापत्र पारित : रामाफोसाले ‘खाली कुर्सी’लाई हस्तान्तरण गरे जिम्मेवारी

जोहनेसवर्ग- अमेरिकी बहिष्कारबीच जी२० घोषणापत्र पारित : दक्षिण अफ्रिकी राष्ट्रपतिले

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

काठमाडौं– धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ