निजगढ नगरपालिकाद्वारा नदीजन्य पदार्थको बोलपत्र आह्वान « Khabarhub

निजगढ नगरपालिकाद्वारा नदीजन्य पदार्थको बोलपत्र आह्वान


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बारा– चालू आर्थिक वर्षको लागि आह्वान गरेको नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीको ठेक्का लाग्न नसकेपछि  निजगढ नगरपालिकाले दोस्रो पटकको लागि फेरि बोलपत्र आह्वान गरेको छ । यसअघि पुष २४ गते ३० दिनको समयसीमा राखेर इ-बिडिङ्गमार्फत आह्वान भएको ठेक्काको निर्धारित मितिभित्र कसैले पनि बोलकबोल नगरेपछि नगरपालिकाले आजको मितिबाट लागू हुने गरी दोस्रो पटकको लागि १५ दिने सार्वजनिक सूचना निकालेको हो । 

आर्थिक वर्ष ०७९-०८० को लागि नगरपालिकाले बकैया, धन्सार, शक्ति र लाल खोलाबाट १ करोड ५६ लाख १४ हजार घनफिट गिटी, बालुवा र ढुङ्ग उत्खनन, संकलन तथा बिक्री गर्नको लागि न्यूनतम १२ करोड ४९ लाखमा ठेक्का आह्वान गरेको थियो । 

दोस्रो पटकको लागि पनि सोही परिमाणको लागि सोही दररेटमा ठेक्का सकार गर्न बोलपत्र आह्वान गरिएको कार्यालयका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिए  । उनले आजबाट लागू हुने गरी दोस्रो पटक बोलपत्र आह्वान गरिएको र यसमा पनि ठेक्का नलागे ७ दिनको म्याद राखेर फेरि तेस्रो पटक अर्को बोलपत्र आह्वान गरिने जानकारी दिए । 

नदीजन्य पदार्थ उत्खनन विरुद्ध उच्च अदालत वीरगन्जले जारी गरेको निषेधाज्ञाका कारण यो वर्ष समयमै ठेक्का लगाउन नसकेको निजगढ नगरपालिकाले अदालतले रिट निवेदन खारेज गरेपछि टेण्डर आह्वान गरेको थियो । 

तर गृहमन्त्रालयमार्फत नदीजन्य पदार्थ उत्खनन र क्रसर उद्योग सञ्चालनमा गत महिना केही समय रोक लगाइएको र देशमा देखिएको आर्थिक मन्दीका कारण निजगढ नगरपालिकाको नदीजन्य पदार्थ उत्खननको ठेक्का प्रभावित बनेको हो । 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  २ : ०५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा