जलजलामा छ वडा कार्यालय भवन निर्माण सुरु | Khabarhub Khabarhub

जलजलामा छ वडा कार्यालय भवन निर्माण सुरु


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । संघीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण सुरु भएको हो । वडा नं १, ४, ५, ६, ७ र ९ को भवन निर्माण सुरु भएको गाउँपालिकाका इञ्जिनीयर सुनिल बानियाँले जानकारी दिए । 

‘सबै भवन एक तला र चार कोठाका हुनेछन्’, उनले भने, ‘चालु आर्थिक वर्षभित्रमै सम्पन्न गर्ने लक्ष्यसहित ठेक्कामार्फत काम सुरु भएको छ ।’ बाँसखर्क, फट्केढुङ्गा, लेकफाँट, शालिजा, धाइरिङ र बनौमा वडा कार्यालय निर्माण हुन लागेको हो ।

 कूल रु चार करोड ३३ लाख १७ हजार लागत अनुमान गरिएको भवन निर्माणका लागि जयलक्ष्मी–अभिनव जेभी बागलुङले तीन करोड २६ लाख सात हजार पाँच सय ५१ मा ठेक्का सम्झौता गरेको छ । विसं २०७९ पुस १२ गते ठेक्का सम्झौता भएको भवन निर्माणकार्य २०८० असार ३० मा सम्पन्न गर्ने लक्ष्य छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष दीपक आचार्यले निर्माण कम्पनीले निर्माणस्थलमा जग्गा सम्याएर संरचना बनाउन थालेको बताए । 

‘अघिल्लो वर्ष सुरु भएको वडा नं २ र ८ को कार्यालय भवन निर्माणकार्य पनि यसैवर्ष सकिँदैछ, वडा नं ३ को आफ्नै भवन छ,’ उनले भने, ‘छ वटा नयाँ भवन बनाएपछि हाम्रो पालिकाको नौ वटै वडा आफ्नै भवनबाट सञ्चालन हुनेछन् ।’ हाल सामुदायिक भवन र निजी घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको छ । नयाँ भवनमा वडाध्यक्ष, सचिव, जनप्रतिनिधिको कार्यकक्ष र सभाहल हुनेछन् । गत माघ ४ गते भएको १३औँ गाउँसभाले लामाखेतमा गाउँपालिकाको कार्यालय सञ्चालनका लागि अस्थायी संरचना बनाउन रु तीस लाख बजेट विनियोजन गरेको थियो । 

वडा नं ४ का अध्यक्ष भरत जिसीको अध्यक्षतामा बलबहादुर फगामीटुङ्गनाथ शर्मा सदस्य रहेको जग्गा अध्ययनसम्बन्धी कार्यदल गठन भएको छ । समितिको सिफारिस अनुसार अस्थायी संरचना बनाएर गाउँपालिकाको कार्यालय सञ्चालन गर्ने योजना रहेको छ । लामाखेतमा रहेको गाउँपालिकाको कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेको छ । 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  २ : ३० बजे

झापामा रातभर रुखमा बाँधिएका वृद्धको ज्यान गयो, छोरासहित चारजना समातिए

झापा- झापा गाउँपालिका–१, लसुनामा एकजना पुरुषको शव रुखमा बाँधिएको अवस्थामा

सिराहामा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

सिराहा– यहाँको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा

राष्ट्रिय महत्वका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छौँ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक

अर्थमन्त्री पौडेल भन्छन्- सडकलाई हिलो र धुलोरहित बनाउन सरकार लागिरहेको छ

काठमाडौं– उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक

‘कुलिङ पिरियड’ प्रकरणमा रास्वपाले रामहरिलाई भन्यो- राजीनामा दिनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन