दाङमा खाना पकाउने ग्याँस पड्कियो, २ जना घाइते « Khabarhub

दाङमा खाना पकाउने ग्याँस पड्कियो, २ जना घाइते


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्कँदा दुई जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्कँदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर- १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् ।

सिलिन्डर ग्यास विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइतेमध्ये कुसुमको अवस्था गम्भीर रहेको छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  २ : ५८ बजे

महानगरभित्रका २ हजार ८३ सामुदायिक कुकुरको बन्ध्याकरण 

काठमाडौं– काठमाडौं महानगरपालिकाले कार्तिक १४ गतेदेखि अहिलेसम्म २ हजार ८३

प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा कार्यक्रम सुरु (तस्बिरहरू)

काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका सन्तोष

लिग सञ्चालन गर्न एन्फाले थाल्यो छलफल (तस्बिरहरू)

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन हुने

भोजपुरका माओवादीको आरोप : पार्टी छाडेका सुदनले भ्रम छरे, आवश्यक परे प्रतिवाद गर्छौँ 

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, भोजपुर जिल्ला समन्वय समितिले

हुम्लामा भालुको आक्रमणबाट तीन जना घाइते

सिमकोट– सिमकोट गाउँपालिका–५ को सिममा आज बिहान भालुको आक्रमणमा परी तीन