चितवनमा चैते धान लगाउने क्षेत्रफल विस्तार  « Khabarhub

चितवनमा चैते धान लगाउने क्षेत्रफल विस्तार 


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा यसवर्ष सात हजार आठ सय हेक्टर पुगेको हो ।

कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनका अनुसार जिल्लाको भरतपुर महानगरपालिकाका केही क्षेत्र, खैरहनी र माडी नगरपालिकामा चैते धान खेती हुँदै आएको छ । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा ६ हजार चार सय हेक्टर क्षेत्रफल र माडी नगरपालिकामा एक हजार चार सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । 

जिल्लमा हर्दिनाथ हाइब्रिड १ र चैते ५ उन्नत जातको धान खेती गरिँदै आएको छ । हर्दिनाथ हाइब्रिड जिल्लाको २५ प्रतिशत क्षेत्रमा लगाइने गरेको उनले बताए। चैते धानमा सरकारको सहयोग हुनु र पर्याप्त सिँचाइका कारण क्षेत्रफल बढेको उनले जानकारी दिए । 

ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत दुई सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । उनले भने, ‘चैते धान प्रवद्र्धनका लागि राज्यको सहयोग हुनुले यसको क्षेत्रफल बढेको हो ।’

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ३ : ४६ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण