युक्रेनमा शान्ति स्थापनार्थ समन्वय गर्न चीन र फ्रान्स सहमत « Khabarhub

युक्रेनमा शान्ति स्थापनार्थ समन्वय गर्न चीन र फ्रान्स सहमत


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्ति स्थापनाका लागि’ योगदान गर्ने विषयमा सहमति भएको फ्रान्सेली राष्ट्रपति कार्यालयले जनाएको छ ।

रुसको महत्वपूर्ण सहयोगी मानिने चीनले हालसम्म युक्रेनमा एक वर्षयता जारी रुसी आक्रमणको निन्दा गरेको छैन ।

रूसलाई वार्ताको टेबलमा फर्कन चीनले दबाब दिनेमा आफू विश्वस्त रहेको म्याक्रोँले बताएका छन् । बुधबार पेरिसमा म्याक्रोँ र वाङले युक्रेनमा जारी युद्ध र यसको जोखिममा रहेका मुलुकहरूमा उत्पन्न खाद्य सुरक्षा र वित्तीय क्षमता चुनौतिका असरबारे छलफल गरेका थिए ।

उनीहरुबीच ‘अन्तर्राष्ट्रिय कानूनअनुसार शान्तिका लागि योगदान गर्ने एउटै उद्देश्य’ व्यक्त गरेको फ्रान्सेली राष्ट्रपति कार्यालय साँज लिजेले जनाएको छ ।

फ्रान्स भ्रमणपछि वाङ शुक्रबारदेखि आइतबारसम्म हुने म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । उनले रुसको राजधानी मस्कोको पनि भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

फ्रान्सेली राष्ट्रपतिले जलवायु सङ्कटलगायत ‘विश्वव्यापी चुनौती’ को सामना गर्न चीनसँग सहकार्य गर्ने बताएका छन् ।

वाङले बुधबार फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनासँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ४ : ०५ बजे

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।