दुर्घटना न्यूनीकरण गर्न सवारी साधनको यान्त्रिक परीक्षण « Khabarhub

दुर्घटना न्यूनीकरण गर्न सवारी साधनको यान्त्रिक परीक्षण


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लहान– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले चालक तथा परिचालकको स्वास्थ्य परीक्षण र सवारीसाधनको यान्त्रिक जाँचसहितको दुर्घटना न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

आज भएको एक दिवसीय कार्यक्रममा प्रादेशिक अस्पताल लहान र सगरमाथा चौधरी आँखा अस्पतालका प्राविधिकको सहयोगमा ट्राफिक प्रहरीले सवारी चालकको स्वास्थ्य अवस्थाबारे जाँच अभियान सञ्चालन गरेको हो ।

सिरहा जिल्लामा पछिल्लो समय सवारीसाधनको दुर्घटनाबाट मानिसको ज्यान जाने क्रम बढ्दै गएको देखिएको छ । दिनहुँजसो सवारी दुर्घटना हुने गरेको छ । लहानमा गत माघ २८, २९ र फागुन १ गते भएको तीन दुर्घटनामा मात्र पाँच जनाको मृत्यु भएको थियो ।

 यसरी दिनानुदिन बढ्दै गएको सवारी दुर्घटनाको रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्ने उद्देश्य राखी जनचेतनामूलक कार्यक्रम राखिएको प्रहरी निरीक्षक एवं सिरहा जिल्ला ट्राफिक प्रहरी प्रमुख टुपेन्द्र श्रेष्ठले बताए।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराई दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको अवस्था तथा सवारी चालकको स्वास्थ्यसमेत राम्रो हुनुपर्ने बताउँछन्। उनले भने, ‘सवारी दुर्घटना नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरीको भूमिकामात्रै पर्याप्त हुँदैन । यसका लागि आम नागरिक तथा सवारीसँग सम्बन्धित सवारी चालक, सवारी परिचालक, यातायात व्यवस्था कार्यालय, सडक विभागजस्ता विभिन्न ‘स्टेक होल्डर’हरूको हातेमालो आवश्यक छ ।’

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ७ : २९ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण