काठमाडौँ महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने « Khabarhub

काठमाडौँ महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकभरका स्थानीय तहको सहभागिता गराउने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाले आगामी चैत २४ र २५ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान-प्रदान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको कामपाका उपप्रमुख एवं न्यायिक समिति संयोजक सुनिता डङ्गोलले जानकारी दिइन् । काठमाडौँमा हुने सम्मेलनमा देशभरका सबै स्थानीय तहलाई आमन्त्रण गरिने जनाइएको छ ।

सम्मेलनको तयारीका लागि उपप्रमुख डङ्गोलको अध्यक्षतामा न्यायिक समिति मूल समारोह समिति गठन गरिएको छ । संयोजक डङ्गोलले सबै पालिकाका न्यायिक समितिबाट प्रतिनिधित्व गराउने र असल अभ्यास आदान-प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताइन् ।

 सम्मेलनलाई नतिजामुखी बनाउने, प्राप्त उपलब्धिलाई संस्थागत अभिलेखमा राख्ने र आपसी सिकाइ प्रवर्द्धन गर्ने गरी सम्मेलन सञ्चालन गर्ने तयारी कामपाको रहेको छ ।

सम्मेलन विशेषगरी चार मूल विषयमा केन्द्रित हुनेछ । न्यायिक समितिको अवधारणा, विभिन्न कानूनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन प्रस्तुतिको एउटा विषय हो ।

दोस्रो विषयका रूपमा स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवर्द्धनसम्बन्धी विषय राखिएको छ । न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्यरूपमा पालना गर्नुपर्ने प्रक्रिया तेस्रो प्रस्तुतिका रूपमा रहनेछ । 

यस्तै न्यायिक समितिमार्फत भएका मिलापत्र र निर्णयको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता तथा त्यसका लागि आवश्यक संस्थागत प्रबन्ध प्रस्तुतिको चौथो विषय हुनेछ । सम्मेलनबाट प्राप्त उपलब्धिलाई संस्थागत प्रबन्धबाट उपयोगमा ल्याउन न्यायिक समिति राष्ट्रिय सञ्जाल, प्रदेश सञ्जाल र जिल्ला सञ्जाल चयन हुनेछ । राष्ट्रिय सञ्जालका पदाधिकारीको चयन पनि सम्मेलनबाटै हुने बताइएको छ ।  काठमाडौँ विवाद निरुपण घोषणा, २०७९ जारी गर्दै सम्मेलन सकिने बताइएको छ ।

न्यायिक समितिले विशेषगरी सामान्य खालका मामिला, जग्गा जमिन, अंशबन्डा, साँध विवादजस्ता मुद्दाको टुङ्गो लगाउने छ । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिकरूपमा गर्नेछन् । गाउँपालिका तथा नगरपालिकाले न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसँग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षितरूपमा राख्नुपर्ने छ । समितिले आफूले गरेको कामको वार्षिक विवरण प्रमुखमार्फत सम्बन्धित सभा गाउँ वा नगरसभामा पेस गर्नुपर्ने छ ।

संवैधानिक व्यवस्थाअनुरूप नै गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ७ : ४५ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा