भूकम्पपछि सहयोग गरेको भन्दै टर्कीद्वारा भारतको प्रसंशा « Khabarhub

भूकम्पपछि सहयोग गरेको भन्दै टर्कीद्वारा भारतको प्रसंशा


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूकम्पपछि सहयोग गरेको भन्दै टर्कीले भारतको प्रसंशा गरेको छ । भूकम्पका बेला उद्धार तथा राहत सामग्री उपलब्ध गराएको भन्दै टर्कीले भारतको प्रसंशा गरेको हो ।

भारतका लागि टर्कीका राजदूत फिरात सुनेलले सहयोगप्रति आभार व्यक्त गर्दै भारतलाई धन्यवाद दिएका छन् । भूकम्पपछि भारतले सहायता एवम् स्वास्थ्य समग्रीसहित सी १७ विमान टर्कीतर्फ पठाएको थियो । भारतले ‘अपरेसन दोस्त’ का नामबाट टर्कीलाई सहायता उपलब्ध गराएको हो ।

दक्षिणी टर्की र छिमेकी सिरियामा गएको ७.८ म्याग्नेच्युडको भूकम्पका कारण हालसम्म टर्कीमा मात्रै ३८ हजार जनाको मृत्यु भइसकेको छ भने अरु दशौँ हजार घाइते भएका छन् ।

भूकम्पपछि ढलेका संरचनाका भग्नावशेषमा अझै धेरै मानिसहरु फसिरहेको हुनसक्ने आशंकामा उद्धार तथा खोजीको कार्य अझै जारी रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : ०३ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट