डोटीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, छ घाइते « Khabarhub

डोटीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, छ घाइते


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

डोटी – केआईसिंह गाउँपालिका-१ लोलीमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा केआइसिंह गाउँपालिका-१ डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा थप छ जना घाइते भएका छन्।

घाइते हुनेमा केआइसिंह गाउँपालिका-१ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

त्यस्तै डुम्राकोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा सामान्य घाइते भएको जनाइएको छ।

सामान्य घाइतेलाई उद्धारपछि घर पठाइएको छ भने गम्भीर घाइतेको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ।

सुदूरपश्चिम प्रदेशको ०१२३००१ च ३३२९ नम्बरको जीप दुर्घटना भएको हो। जीपमा सवार यात्रु शुक्रबार मात्रै भारतबाट आएका थिए। गाडी रिजर्व गरेर दिपायलबाट केआइसिंह जाँदै गर्दा जीप दुर्घटना भएको हो।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ७ : ०८ बजे

बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

गुल्मी – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय

नारायणी पुल अचानक बन्द हुँदा हजारौँ यात्रु रोकिए (तस्बिरहरू)

काठमाडौं– नारायणी माथिको पुलमा आवतजावत बन्द हुँदा हजारौ यात्रु प्रभावित

भारतमा बाढीपहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित

नयाँ दिल्ली- उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको

फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

कास्की– पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपत्कालीन तथा शीघ्र उद्धारका