शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान « Khabarhub

शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान गरेको छ । केन्द्रले १२ शिवलिङ्ग स्थापना गरेर सुरु गरेको अनुष्ठानका क्रममा शिवशक्तिको महिमालाई वर्णन गरिएको हो । आत्म, परात्मा, सृष्टिको चक्र, मनुष्यका कर्म, कर्तव्यका साथै जीवनमा ध्यान विधिका महत्व र अभ्यासका विषयलाई सिकाइएको छ ।

आध्यात्मिक ज्ञान र राजयोगबाट जीवनलाई नैतिकवान् र शान्त बनाउन सकेमा वर्तमान र भविष्यलाई उज्ज्वल बनाउन सकिने विषयमा भक्तजनलाई दिक्षा दिइएको उक्त कार्यक्रममा सञ्चालन गरिएको सांस्कृतिक कार्यक्रममा भजनकीर्तनसमेत गरिएको छ । 

यसैबीच केन्द्रले ठमेलस्थित प्रधान कार्यालयबाट भगवान् शिवलाई रथयात्रा गराएर सुरु गरेको पदयात्रा नगरका विभिन्न भाग परिक्रमा गरी कमलादीस्थित प्रज्ञा भवनमा आयोजित धार्मिक कार्यक्रमको मूल समारोहमा पुर्‍याइएको थियो ।

उक्त कार्यक्रममा धार्मिकगुरुहरूबाट प्रत्येक मानिसले आध्यात्मिक शिक्षा प्राप्त गरी काम, क्रोध, लोभ, मोह र अहङ्कारको अन्त्य गरी सुख र शान्ति प्राप्त गर्न सकिने प्रवचन दिइएको थियो । जीवन र जगत्लाई बुझ्न सकेमा वा ज्ञान आर्जन गर्न सकेमा परमात्मालाई नजिकबाट चिन्न र जान्न सकिने विषयमा संक्षेपीकरण गरिएको थियो ।

आध्यात्मिक शिक्षाका साथै विभिन्न सामाजिक सेवामा क्रियाशील केन्द्रले देशभर एक हजार शाखा विस्तार गरी राजयोग शिक्षा, धार्मिक ज्ञान, ध्यान, मानव सेवालगायत कार्य गर्दै आएको ब्रह्मकुमारी राजयोग कृतिले जानकारी दिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ६ : ४२ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई