मुखको दुर्गन्ध हटाउने १० उपाय « Khabarhub

मुखको दुर्गन्ध हटाउने १० उपाय


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुखको दुर्गन्ध केवल व्यक्तिगत स्वास्थ्य समस्या मात्र होइन। मुखबाट दुर्गन्ध आउने मानिसलाई अरुले गर्ने व्यवहारका कारण उत्पन्न हुने मनोवैज्ञानिक पीडा निकै दुःखदायी हुन्छ। किनकी मुखबाट दुर्गन्ध आउने मानिससँग अरु मानिस नजिकिन चाहँदैनन्। सधै टाढै रहन खोज्ने हुनाले त्यस्तो मानिसको सामाजिक सम्बन्ध समेत कमजोर बन्दछ।

आफ्नो मुखबाट दुर्गन्ध आएको कुरा आफैले गन्ध सुँघेर महसुस गर्न सकिन्छ। आफूसँग नजिक भएको वा कुराकानी गरेको बेलामा कसैले अनुहार बिगार्यो वा टाउको फर्कायो भने पनि बुझ्नुपर्छ कि आफ्नो सासमा दुर्गन्ध छ। जसलाई हटाउन या कम गर्न विभिन्न उपाय अपनाउन सकिन्छ। यहाँ मुखको दुर्गन्ध हटाउने १० उपाय :

-पहिलो उपचार खानामा रेसादार रफाइबरयुक्त सब्जी समाबेश गर्नुहोस्।

-एक कप पानीमा एक चम्चा बेकिङ सोडा मिलाएर मुख कुल्ला गर्नुस् । यसले मुखको अम्लियपना कम गरेर सासको दुर्गन्धलाई कम गर्छ।

-बेला बेलामा ल्वाङ मुखमा राख्ने बानी बसाल्नुस् यसले सासमा ताजापन ल्याउँछ।
-तातो पानीमा नुन मिसाएर कुल्ला गर्नुहोस्।

-जिरा भुटेर खानाले पनि सासको दुर्गन्ध कम हुन्छ।

-हरेक दिन खाना खाएपछि तुलसीको पातवा अलैची चबाउने गर्नुहोस्।

-पुदिनालाई पिसेर पानीमा घोली दिनमा दुई दिनदेखि तीन पटकसम्म कुल्ला गर्नाले पनि सासको दुर्गन्धलाई कम गर्न सकिन्छ।

-प्रशस्त मात्रामा पानी पिउने बानी बनाउनुहोस्। यसले पाचन प्रणालीलाई सफा राखेर सासको दुर्गन्धन घटाउन सकिन्छ।

-हरेक दिन बिहान एक गिलास पानीमा एउटा कागती निचोरेर त्यसले कुल्ला गर्नुहोस्।

-बिहानर बेलुका खाना खाइसकेपछि दुईपटक दाँत माझ्ने बानी गर्नुहोस्।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ३ : १६ बजे

दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि

प्रधानमन्त्रीको सुन आर्जनको स्रोत के हो ? : आङ्देम्बे

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता

संविधानका आधारभूत संरचना यथावत राखेर संशोधन गर्नुपर्छ : हर्कराज राई

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत

नेपालमा हान्टाभाइरसको स्वास्थ्य जोखिम छैन : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा हान्टाभाइरस सम्बन्धी

हमासद्वारा गाजाको प्रशासनिक निकाय विघटन गर्ने निर्णय

गाजा – करिब दुई दशकदेखि गाजा पट्टीको प्रशासन सञ्चालन गर्दै आएको