पीएसजीको संघर्षपूर्ण जित « Khabarhub

पीएसजीको संघर्षपूर्ण जित


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत लिलेविरुद्धको खेलमा पीएसजीले रोमाञ्चक जित निकालेको छ । आइतबार राती सम्पन्न खेलमा पिएसजीले लिलेलाई ४–३ गोल अन्तरले हराएको हो । पीएसजीको जितमा किलियन एम्बाप्पेले दुई तथा नेइमार र लियोनल मेस्सीले एक–एक गोल गरे ।

पिएसजीको जितमा लियोनेल मेसीले खेलको ९५औं मिनेटमा गोल गर्दै रोमाञ्चक जित दिलाएका थिए । मेसीले डी-बक्स बाहिरबाट फ्री-किक मार्फत सुन्दर गोल गरेका थिए ।

यस अघि किलियन एम्बाप्पेले खेलको ८७औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । यस खेलमा एम्बाप्पेले दुई गोल गरेका थिए । उनले खेलको ११औं मिनेटमा नेइमारको असिस्टमा गोल गरेका थिए । त्यस्तै पिएसजीका लागि अर्को गोल नेइमारले गरेका थिए ।

यस्तै लिलेका लागि बाफोड डियाकाइट, जोनाथन डेभिड र जोनाथन बाम्बाले एक एक गोल गरेका थिए ।जितसँगै पिएसजी २४ खेलमा ५७ अंकसहित शीर्ष स्थानमा यथावत छ । भने लिलेको २४ खेलमा ४१ अंक छ । लिले लिगमा पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : ५२ बजे

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा