भारतीय सेनाले सिरियाको अलेप्पोमा पुर्‍यायो सहायता सामग्री « Khabarhub

भारतीय सेनाले सिरियाको अलेप्पोमा पुर्‍यायो सहायता सामग्री


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सेनाले भूकम्प प्रभावित सिरियाको अलेप्पो सहरमा सहायता सामग्री पुर्‍याएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको शान्ति नियोग हतियाररहित पर्यवेक्षक बल (यूएनडीओएफ) मा तैनाथ भारतीय सुरक्षाकर्मीले सिरियाको अलेप्पो सहरमा सहायता सामग्री पुर्‍याएका हुन् ।

भारतीय सेनाले खाद्यान्न, औषधिसम्मिलित सहायता सामग्री अलेप्पो पुर्‍याएको भारतीय सेनाको जनसूचना निर्देशनालयले जनाएको छ । लामो समयदेखि गृहयुद्धको चपेटामा परेको सिरियामा भूकम्पले ठूलो विनाश निम्त्याएको बताइन्छ ।

भारत सरकारले भूकम्पबाट प्रभावित टर्की र सिरियामा ‘अपरेसन दोस्त’ का नामबाट सहायता सामग्री सहयोग गर्दै आएको छ ।

गत फेब्रुअरी ६ का दिन टर्की र सिरियामा गएको भूकम्पका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४६ हजार नाघिसकेको छ भने अरु हजारौँ घाइते भएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ६ : ४१ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट