किरात याक्थुङ चुम्लुङको राष्ट्रिय बैठक चितवनको भरतपुरमा सुरु « Khabarhub

किरात याक्थुङ चुम्लुङको राष्ट्रिय बैठक चितवनको भरतपुरमा सुरु


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- किरात याक्थुङ चुम्लुङको २४ औँ राष्ट्रिय चुम्लुङ बैठक आइतबारदेखि चितवनको भरतपुरमा सुरु भएको छ । बैठक सुरु गर्दै प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्वाहाङले धर्म संस्कृतिको जगेर्ना गर्नु पहिलो कर्तव्य भएको बताए । उनले लिम्बू समुदायको भाषा, संस्कृति संरक्षणमा पहिला आफ्नै समुदाय एक भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले भने, “सङ्घीय गणतान्त्रिक संविधानले मात्रै हाम्रो अधिकार संरक्षण गर्नेछ । सङ्घीयता, गणतन्त्र र संंविधान कार्यान्वयनमा सहयोग पु¥याउन सकेमा मात्रै लिम्बूहरुको माग सम्बोधन हुन्छ ।”

कार्यक्रममा चुम्लुङकी केन्द्रिय सल्लाहाकार चन्द्रमायाँ लिम्बू, प्रदेशसभा सदस्य उत्तम जोशी, बिनु रायमाझी, ईश्वर सापकोटा, भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनाल, चुम्लुङका पूर्वकेन्द्रीय सदस्य नरेन्द्र कन्दङ्वालगायतले आफ्नो धारणा राखेका थिए ।

बैठकमा १३ जिल्लाका दुई सय ८८ जना प्रतिनिधि सहभागी छन् । दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकमा आगामी कार्यदिशा र आफ्ना मागका विषयमा छलफल हुने चुम्लुङका जिल्ला अध्यक्ष जनक लिम्बूले बताए । नेपालमा लिम्बू समुदाय तीन लाख ८७ हजार तीन सय रहेका मध्ये चितवनमा आठ सयदेखि एक हजारबीचमा रहेका बताइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ११ : २० बजे

इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी

एजेन्सी– इरानले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य

मनसुन थप सक्रिय हुँदै : बागमती प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा

काठमाडौं– विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

एजेन्सी– गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको

रूसमा युक्रेनी ड्रोन आक्रमण : सात जनाको मृत्यु, २४ घाइते

मस्को- पश्चिमी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा सात जनाको मृत्यु भएको