द्वन्द्वकालमा १३ वर्षकै उमेरमा आफूलाई जेल हाल्नेविरुद्ध अदालत जाने तयारीमा राधिका « Khabarhub

द्वन्द्वकालमा १३ वर्षकै उमेरमा आफूलाई जेल हाल्नेविरुद्ध अदालत जाने तयारीमा राधिका


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भेरी नगरपालिका ६ की राधिका चन्द समय समयमा झस्किने गर्छिन् । सुतिरहेको अवस्थामा उनी एक्कासि ब्युँझिने, कराउने गर्दै आएकी छिन् । उनी निन्द्रमा समेत बर्बराउने गरेको उनका श्रीमान् युद्धवीर सिंह बताउँछन् ।

चन्दलाई कुनै रोग लागेर नभई द्वन्द्वकालमा पाएका यातनाका कारण अहिले पनि बसिनसक्नु छ । तत्कालीन राज्य पक्षद्वारा २०५७ मा सुर्खेतको घुमखरे गाविस वडा ९ भेराबारीबाट पक्राउ गरी ८ वर्ष बढी लामो समय हिरासत र जेलमा राखेको घटनाले उनलाई अहिले पनि समय समयमा झस्काउने गर्दछ ।

१३ वर्षीया बालिकालाई माओवादीको आरोपमा पक्राउ गरी ८ वर्षसम्म जेल जीवन बिताउन बाध्य भएपछि बाल मष्तिष्कमा परेको असरले अहिले समस्या हुने गरेको छ ।

अदालतको आदेशपछि राधिका खुला आकाशमा आएर अहिले दैनिक रुपमा जीवनयापन गरिरहेको भएपनि द्वन्द्वकालमा पाएको दुःखले गर्दा मानसिक रुपमा तनाव हुँदै आएको छ । ८ वर्ष २ महिना ५ दिनसम्म बन्दी भएर कारागार र हिरासतमा पाएको यातना सँगै पीडाले अहिले पनि झस्काइरहेको उनको भनाइ छ ।

आठ वर्ष सम्म बालिका भएको समयमा पनि राज्यले दिएको यातनाविरुद्ध राधिका अब अदालत जाने बताएकी छिन् । जाहेरीवालाको माग दाबीलाई अदालतले खारेजी गरिसकेको आधिकारिक प्रमाण रहेको भन्दै राधिकाले बिनाकसुर आफूलाई ८ वर्ष जेल जीवन बिताउन बाध्य पार्ने राज्यविरुद्ध क्षतिपूर्ती माग गर्दै अदालतमा मुद्दा दायर गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ११ : ३१ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ