१६ हजार पर्यटकले घुमे अन्नपूर्ण पदमार्ग | Khabarhub Khabarhub

१६ हजार पर्यटकले घुमे अन्नपूर्ण पदमार्ग


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जिल्लामा सन् २०२२ मा झण्डै १६ हजार विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने मनाङमा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक भित्रिएका हुन् । तीमध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङले जनाएको छ ।

अन्नपूर्ण पदमार्गमा २०२२ को जनवरीमा ४१, फेब्रुअरीमा १ सय ६९, मार्चमा १ हजार २ सय ३१, अप्रिलमा २ हजार ३ सय ८२, मेमा १ हजार ९६, जुनमा १ सय ९५, जुलाईमा १ सय ९६, अगस्टमा ३ सय ६७, सेप्टेम्बरमा २ हजार ९२, अक्टोबरमा ४ हजार ६ सय ५४, नोभेम्बरमा २ हजार ९ सय ८१ र डिसेम्बरमा ४ सय ९९ पर्यटक घुम्न आएको एक्यापको तथ्यांकमा उल्लेख छ ।

सन् २०१७ बाट पर्यटक आगममा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणका कारण पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो ।

अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक आउने गर्छन् । लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ ।

बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १२ : २१ बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।