ब्राजिलको साओ पाउलोमा आएको बाढी पहिरोमा परी ३६ जनाको मृत्यु « Khabarhub

ब्राजिलको साओ पाउलोमा आएको बाढी पहिरोमा परी ३६ जनाको मृत्यु


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी ३६ जनाको मृत्यु भएको छ ।

साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन एवम् सामाजिक सञ्जालमा उपलब्ध दृश्यमा बाढीले घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका, भत्केका राजमार्ग र ढलेका रुख देख्न सकिन्छ । उक्त शहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले बताएको छ । उबातुबा शहरमा पनि एक बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

साओ पाउलो शहरको उत्तरी तटीय क्षेत्रमा दुई सय २८ जना घरबारविहीन भएका तथा तीन सय २८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अधिकारीहरूले बाढीपहिरोमा हराएका तथा घाइते भएकाहरूका बारेमा जानकारी दिएका छैनन् ।

साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटासले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि तटवर्ती पाँच शहरमा आपतकाल घोषणा गरेका छन् । साथै उनले उद्धार तथा राहतका निम्ति १५ लाख अमेरिकी डलर निकासा गरेका छन् । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले बाढी प्रभावित क्षेत्रको आज भ्रमण गर्ने कार्यक्रम छ ।

जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिका कारण ब्राजिलमा अकल्पनीय प्रभाव परिरहेको छ । गत वर्षको मुसलधारे वर्षाका कारण पेट्रोपोलिस शहरमा दुई सय ३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १२ : ४२ बजे

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

काठमाडौं– नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र

ऐतिहासिक चुनावी सफलताका लागि रास्वपालाई भारतले दियो बधाई

नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा

ऊर्जा सुरक्षामा चीनको कडाइ

एजेन्सी– मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला