राष्ट्र बैंकले नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउने  « Khabarhub

राष्ट्र बैंकले नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउने 


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउने भएको छ। आगामी बुधबारदेखि बचतपत्रको बिक्री खुलाउने भएको हो।

राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रको आकार २ अर्ब ५० करोड बराबरको छ भने वार्षिक व्याजदर ११.५० प्रतिशत छ। ब्याज ६-६ महिनामा भुक्तानी हुने उल्लेख छ। बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्।

बैंकका अनुसार उक्त बचतपत्रमा न्यूनतम १० हजार रुपैयाँ र अधिकतम कुल निष्कासन रकमको १० हजारले भाग गर्दा निश्शेष भाग जाने अंकमा जति पनि खरिद आवेदन दिन सकिन्छ।

यस बचतपत्र खरिदका लागि इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेबसाइट अन्तर्गत मनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न सक्नेछन्। राष्ट्र बैंकका अनुसार नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १ : १६ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा