ऊर्जामा लगानी बढाएर आत्मनिर्भर हुनुपर्छ : उपप्रधानमन्त्री लिङ्देन « Khabarhub

ऊर्जामा लगानी बढाएर आत्मनिर्भर हुनुपर्छ : उपप्रधानमन्त्री लिङ्देन


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर हुनुपर्ने बताएका छन् । इलामको रोङ गाउँपालिकास्थित पाथीभरा मन्दिरमा आज आयोजित कार्यक्रमा उहाँले ऊर्जा क्षेत्रमा लगानी विस्तारमा आफू लागिपरेको बताए ।

पछिल्लो समय राजनीतिक दलप्रति धेरैको असन्तुष्टि देखिएको उल्लेख गर्दै ऊर्जामन्त्री लिङ्देनले सबै मिलेर काम गर भन्ने जनादेश प्राप्त भएकाले देशलाई शिरमा राखेर काम गर्नुपर्नेमा जोड दिए । आफू मन्त्री भएपश्चात् विद्युत् उत्पादन बढाउन लागिपरेको उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले देशमा राजनीतिप्रतिको वितृष्णा पैदा भइरहेको अवस्थामा राजनीतिक दल सुध्रिएर काम गर्नुपर्ने बताए ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले पालिकाको आम्दानी हुने सङ्घसंस्था र पर्यटकीय स्थल पालिकाकै मातहतमा सञ्चालन गर्ने हो भने पालिकाको आम्दानी बढ्ने बताए । रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ जारी गर्दै ऐन विपरीत कसैले काम गरेमा तत्काल निलम्बनसम्मको व्यवस्था रहेको बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : ०८ बजे

इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी

एजेन्सी– इरानले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य

मनसुन थप सक्रिय हुँदै : बागमती प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा

काठमाडौं– विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

एजेन्सी– गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको

रूसमा युक्रेनी ड्रोन आक्रमण : सात जनाको मृत्यु, २४ घाइते

मस्को- पश्चिमी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा सात जनाको मृत्यु भएको