पर्यटकीय गन्तव्य बन्दै सर्लाहीको भरत ताल | Khabarhub Khabarhub

पर्यटकीय गन्तव्य बन्दै सर्लाहीको भरत ताल


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधीन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ।

मानव निर्मित भरत ताल निर्माणका लागि हालसम्म करिब ९८ करोड रुपैयाँ खर्च भएको बाग्मती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाले जानकारी दिए। बहुउद्देश्यीय परियोजनालाई पूर्णता दिन अझै एक अर्ब रुपैयाँ लगानी गरिने र उक्त ताललाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ।

बहुउद्देश्यीय परियोजनाअन्तर्गत तालमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न अत्याधुनिक वनभोज स्थल, जङ्गल सफारी, शिव पार्वतीको मन्दिरसहितको सुमेरु पर्वत, फनपार्क, मिनी क्यासिनोसहितको होटेल निर्माण भइरहेको बाग्मती–१२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए। ‘भरत ताललाई बाग्मती नगरपालिकाको मुख्य आम्दानीको स्रोतका रूपमा अघि बढाउँदै छौँ, ताललाई मधेस प्रदेशकै ‘हब’ बनाउने योजना छ’, उनले भने।

नगरको बजेट, सङ्घ र प्रदेशबाट आएको अनुदानका साथै बजेट थपेर तालको काम पूरा गर्ने नगरप्रमुख थापाले बताए । ‘तालको काम २० देखि २५ प्रतिशतसम्म मात्र  भएको छ, तीन वर्षभित्र बहुउद्देश्यीय परियोजनाको सम्पूर्ण काम सक्ने रणनीति बनाएका छौँ’, उनले भने। तालमा माछा र हाँसपालन थालिएको छ। यसबाट आम्दानी बढाउन मद्दत पुग्ने नगरपालिकाले जनाएको छ ।

ताल रहेको एक सय २१ बिघामा बहुउद्देश्यीय परियोजना सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन्। ‘बाग्मती नदीको बगरलाई प्रयोग गरेका छौँ, यो नगरपालिकाभित्र र नगरकै विकास तथा समृद्धिका लागि प्रयोग गरिँदै छ’, उनले भनिन्।

यहाँ विशेष गरी आन्तरिक र भारतीय पर्यटक आउने गरेका छन्। वार्षिक करिब ६० लाख पर्यटक आकर्षण गर्ने गरी संरचना निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ। तालमा अहिले दैनिक पाँच सय जनाले रोजगारी पाएका छन् । तालमा अहिले साना ठूला गरेर करिब ४० डुङ्गा सञ्चालनमा छन्।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  २ : ५७ बजे

सुनील पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा, दुईवटामा दोषी ठहरिएर काटिरहेका छन् सजाय

काठमाडौं- शक्तिकेन्द्र रिझाएर सधैँ मालदार सरकारी संस्थानको नेतृत्वमा बसिरहनेमध्येमा पर्छन्

सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागूऔषध’ हो : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना र विद्युतीय अपराधको जड

मधेस सरकारले थाल्यो वर्षायाम प्रारम्भ हुनुअगावै क्षति नियन्त्रणको पूर्वतयारी

महोत्तरी– बर्खा सुरु हुनुअघि मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा

विधेयक कहिले आउँछ भनी कुरेर बसेका छौँ, सभा छिटो चल्दिए हुन्थ्यो : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नीति निर्माण गर्ने महत्त्वपूर्ण

कोलम्बियाका राष्ट्रपतिका उम्मेदवार गोली प्रहारबाट घाइते

बोगोटा– कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका