इलामको पाथीभरा मन्दिर गाउँपालिकाको स्वामित्वमा  | Khabarhub Khabarhub

इलामको पाथीभरा मन्दिर गाउँपालिकाको स्वामित्वमा 


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे- इलामको रोङ गाउँपालिकास्थित पाथीभरा मन्दिर गाउँपालिकाको स्वामित्वमा आएको छ । हासपोखरीस्थित कुट्टीडाँडामा अवस्थित पाथीभरा मन्दिरको संरक्षण र प्रवर्द्धनको जिम्मा गाउँपालिकामा आएको हो ।

पालिकाले नयाँ समिति बनाएर व्यवस्थापनको जिम्मा लगाएको छ । उपप्रधानमन्त्री तथा जलस्रोत, सिँचाइ र ऊर्जामन्त्री राजेन्द्र लिङ्देनको उपस्थितिमा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले दिलीप राईको अध्यक्षतामा समिति गठन गरी व्यवस्थापनको जिम्मा लगाइएको हो । गाउँपालिकाले बनाएको समितिले काम सुरु गरिसकेको छ । मन्दिरको विकास, प्रवर्द्धनलगायत काम गर्ने गरी जिम्मेवारी हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए ।

छुट्टै एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अब गाउँपालिकामा रहने गरी ल्याउन लामो समयदेखि पहल भइरहेको थियो । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी गाउँ सभाबाट गत माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार कार्यविधि बनाइ जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिर गाउँपालिकाको स्वामित्वमा ल्याएको हो ।

राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था, चन्दादाता, शिक्षक र प्रत्येक वडाबाट एक एक जना गरी १९ सदस्यीय समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिइएको छ । बर्सेनि पाँच लाख भक्तजन भित्र्याएर एक करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्ने लक्ष्य  गाउँपालिकाको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ३ : ०९ बजे

गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

रसुवा– रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता

गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

नवलपुर- नवलपुरको गैंडाकोटमा आज (आइतबार) ट्रक र स्कुटर ठोक्किँदा दुई

अर्थतन्त्र ध्वस्त भएपछि राजनीतिक प्रणाली महान हुँदैन

अर्थतन्त्रलाई स्वच्छ, स्वस्थ र दिगो आधार दिइनुपर्छ । म बेलुनजस्तो

जनै हराएको मान्छेको ट्रेलर : आमाको लासभन्दा गह्रुङ्गो भारी नहुने रहेछ

काठमाडौं – फिल्म ‘पूर्णबहादुरको सारङ्गी’पछि पहिलो पटक नायक विजय बराल