पोखरामा डुबेर बालकको मृत्यु « Khabarhub

पोखरामा डुबेर बालकको मृत्यु


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरा महानगरपालिका—५ पर्स्याङस्थित खुँडेपोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

पर्वत घर भई हाल पोखरा–५ धारापानीमार्गमा बस्दै आएका सुनिता केसीका चार वर्षीय छोरा सुहान केसी सोमबार साँझ ६ बजेदेखि हराइरहेकामा खोजी गर्ने क्रममा खटिएको प्रहरी टोलीले आज अपराह्न पोखरीमा शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको ‘रेस्क्यु’ टोलीले बालक पोखरीमा डुबेको आशङ्कामा खोजी गरेको थियो । घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेपछि हिजोदेखि नै खोजी सुरु गरिएको खड्काले बताए ।

बालकको शवपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको र आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बालक खेल्ने क्रममा पोखरीमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ५ : ०३ बजे

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको