पातारासीमा ३६ किलोमिटर सडक निर्माण « Khabarhub

पातारासीमा ३६ किलोमिटर सडक निर्माण


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको पातारासी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा करिब ३६ किलोमिटर सडक निर्माण गरेको छ । गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा सडक विस्तार गरिएको हो ।

गाउँपालिकाका प्राविधिक शाखा प्रमुख नवीन शाहीका अनुसार आव २०७८/७९ मा दुई हजार चार सय ५० मिटर सडक ग्राभेल गरिएको थियो । यस्तै सो अवधिमा नौ किलोमिटर ग्रामीण सडक निर्माण, १४ किलोमिटर गोरेटो बाटो तथा पाँच किलोमिटर सडक ढलान गरिएको थियो ।

सो अवधिमा ग्रामीण सडक निर्माण र मर्मतका २१ योजना सम्पन्न भएका छन् । यस्तै २४ गोरेटो बाटो निर्माण भएका गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् । आव २०७७/७८ मा सातै वडामा दुई सय नौ योजना सम्पन्न भएका छन् ।  ती योजनामा नौ करोड १८ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ५ : १५ बजे

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको