गाउँगाउँमा डोजर चल्दैमा विकास हुँदैनः मुख्यमन्त्री पौडेल | Khabarhub Khabarhub

गाउँगाउँमा डोजर चल्दैमा विकास हुँदैनः मुख्यमन्त्री पौडेल


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भिरपाखाहरु भत्काएर सडक बनाउँदैमा विकास नहुने बताएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरले बुधबार आयोजना गरेको स्थानीय तह समन्वय बैठक एवम् ‘मकवानपुर’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री पौडेलले गाउँ–गाउँका डाँडापाखामा डोजर चलाउनुभन्दा उत्पादनसँग जोडिने काम गर्नुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री पौडेलले विगतमा भनिएजस्तै सिंहदरबार प्रदेश हुँदै स्थानीय तहसम्म आइपुगे पनि रित्तो आएको बताए । उनले स्रोत, साधन तथा जनशक्ति बिनाको सिंहदरबार आएको भन्दै प्रदेश लोकसेवा आयोगले १ वर्षभित्र कर्मचारी नियुक्त गर्न सक्ने अवस्थामा नरहेको उल्लेख गरे ।

प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समन्वय समितिलाई प्राप्त अधिकार तथा अख्तियारी किटान नहुँदा समस्या भएको बताए । प्रदेश मुख्य सचिव आनन्द ढकालले जिल्ला समन्वय समितिलाई अनुगमन, समन्वय र निकासका लागि मार्गदर्शन गर्ने भूमिका रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १० : ४९ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको