बहराइनका नरेशद्वारा डा. रुइतलाई ईसा अवार्ड प्रदान « Khabarhub

बहराइनका नरेशद्वारा डा. रुइतलाई ईसा अवार्ड प्रदान


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित ईसा अवार्ड प्राप्त गरेका छन् । मानवताका लागि सेवा गरेको भन्दै बहराइनका नरेश हमाद बिन इशा अल खलिफाले डा. रुइतलाई १० लाख अमेरिकी डलर अर्थात् १३ करोड नेपाली रुपैयाँभन्दा बढीसहित सम्मान गरेका हुन् ।

बहराइनको राजधानी मनामास्थित इसा साँस्कृतिक केन्द्रमा आयोजित एक समारोहमाझ डा. रुइतलाई अवार्ड प्रदान गरिएको हो ।

समारोहमा बहराइनका नरेश अल खलिफाले डा. रुइतले गरेका मानवीय कार्य उदाहरणीय रहेको बताए ।

समारोहमा डा. रुइतले आफूले प्राप्त गरेको अवार्ड आफ्ना लाखौँ बिरामी, उनीहरुका परिवार, आफ्नो टिम र सारा नेपाली जनताप्रति समर्पित रहेको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ६ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै