इथियोपियाद्वारा रंगशाला निर्माण गरिरहेको चिनियाँ कम्पनीसँगको सम्झौता रद्द « Khabarhub

इथियोपियाद्वारा रंगशाला निर्माण गरिरहेको चिनियाँ कम्पनीसँगको सम्झौता रद्द


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकी मुलुक इथियोपियाले चिनियाँ निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ । इथियोपियाले राजधानी आदिस अबाबामा निर्माणधीन आदे अबाबा राष्ट्रिय रंगशालाको सम्झौता रद्द गरेको हो ।

दुई पक्षबीच रंगशाला निर्माणका लागि हुन आउने खर्चका बारेमा सहमति जुट्न नसकेपछि चिनियाँ कम्पनीसँग सम्झौता रद्द गरेको हो । इथियोपियाबाट प्रकाशित हुने इथियोआनेगरी अनलाइनले जनाएअनुसार मुलुकको सँस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयले चिनियाँ कम्पनी चाइना कन्स्ट्रक्सन एण्ड डिजाइन कर्पोरेसनसँगको सम्झौता रद्द गरेको हो ।

मन्त्रालयले उक्त कम्पनीलाई १२ अर्ब ५० करोड इथियोपियन बीर अर्थात् २३ करोड अमेरिकी डलरभन्दा धेरै तिर्न तयार भएपनि कम्पनीले १७ अर्ब बीर अर्थात् करिब ३१ करोड ६० लाख अमेरिकी डलरको माग गरेको जनाइएको छ ।

कम्पनीले माग गरेको रकम तिर्न नसकिने इथियोपियाका सँस्कृति एवम् खेलकुदमन्त्री केजेला मेगेर्साले बताएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ३९ बजे

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको

इरानमा लगातार अमेरिकाको आक्रमण, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

एजेन्सी– अमेरिकाले लगातार छैटौँ रात इरानका विभिन्न सैन्य तथा रणनीतिक

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने

लागत बढेपछि चपेटामा किसान

बरहथवा– बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त