भारत सेमिफाइनलबाटै बाहिरिएपछि प्रधानमन्त्री मोदीले यस्तो लेखे « Khabarhub

भारत सेमिफाइनलबाटै बाहिरिएपछि प्रधानमन्त्री मोदीले यस्तो लेखे


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्कप क्रिकेट अन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत पराजित भएपछि विभिन्न क्रिया प्रतिक्रिया आउन थालेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो टिमले खेलेको खेलप्रति असन्तुष्ट देखिएका छन् । उनले  सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘एक निराशाजनक परिणाम ! तर अन्तिमसम्म भारतले गरेको प्रदर्शन देखेर खुःशी लाग्यो । यस टुर्नामेन्टभरी भारतले उत्कृष्ट ब्याटिङ र बलिङ गर्यो यसमा मलाई गर्व छ । हार जित जीवनको एक भाग हो । भविष्यको लागि टिमलाई हार्दिक बधाई !’

आजको खेलमा धेरैले आशा गरेका कप्तान विराट कोहली, रोहीत शर्मा र के एल राहुल समान १–१ रन बनाएर आउट हुनु नै भारतको हारको प्रमुख कारण बन्यो ।

केहीले भारतले हार्नुमा पूर्व कप्तान महेन्द्रसिंह धोनीको धिमा गतिलाई समेत हेरेका छन् । किनकी भारतले ९२ रनमा ६ विकेट गुमाउँदा रवीन्द्र जडेजा र धोनी मैदानमा थिए । उनले ७२ बलकाे सामना गर्दा ५० रन मात्र बनाए ।

त्यसैगरी भारतीय टिमका पूर्व कप्तान सौरव गांगुली र भिभिएस लक्ष्मणसहित पूर्व क्रिकेटरहरुले सातौं नम्बरमा धोनीलाई मैदानमा पठाउनु पनि हारको कारण रहेको बताएका छन् ।

हार्दिक पांड्या र दिनेश कार्तिकलाई धोनीभन्दा पहिले मैदानमा पठाएको भए नतिजा अर्कै आउने उनीहरुको तर्क छ ।

न्यूजिल्याण्डसँग पराजित भएसँगै भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले न्यूजिल्याण्डको किफायती बलिङको तारिफ गरे ।

उनले भने शुरुवाती ४०–४५ मिनेटमा नै खेल बदलिएको बताएका छन् । उनले भारतले प्रतियोगिताभर निकै नै राम्रो खेल प्रदर्शन गरेको जनाएका छन् । उनले भने, – हामी हारबाट निराश छौं, तर, आत्मविश्वास हल्लिएको छैन ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ५ : ५८ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल