मोलुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन « Khabarhub

मोलुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोलुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन हो । कम्पनीले फागुन ४ गते सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको थियो । लगानीकर्ताले बुधबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आईपीओ जारी गरेको हो । सो सेयरमध्ये २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ । 

यसैगरी ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

कम्पनीको बिक्री प्रबन्धक सन्राइज क्यापिटल रहेको छ। कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी’ प्रदान गरेको छ।

सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १२ : ५३ बजे

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई