यू–१९ क्रिकेट विश्वकपको एसियाली छनोट खेल्ने नेपाली टोलीको बिदाइ | Khabarhub Khabarhub

यू–१९ क्रिकेट विश्वकपको एसियाली छनोट खेल्ने नेपाली टोलीको बिदाइ


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यूएईमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

बुधबार काठमाडौंमा नेपाल क्रिकेट संघ क्यानले यू–१९ टोलीको बिदाइ गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायत पदाधिकारीले बिदाइ गरे ।

बिदाइ कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपालमा सिंगो देशको ध्यान क्रिकेटले तानिरहेको अवस्थामा खेलाडी लगायत सबैले उत्तिकै मेहनत गरिरहेको बताए । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने उनको विश्वास छ ।

त्यस्तै क्यानका अध्यक्ष चन्दले नेपाली राष्ट्रिय टिमले गरेको प्रदर्शनले यू–१९को मनोवल बढेको बताए । उनले दबाबरहित प्रदर्शन गर्न आग्रह गरे ।

प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  २ : ०२ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न